प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

भीमफेदी गाँउपालिकाका ४३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

२०८० मंसिर ११, सोमबार ०६:४२ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाँउपालिकाका आँखामा मोतियाबिन्दु भएका ४३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ। वषौदेखि आँखामा भइरहेको समस्या लिएर बसेका ४३ जना बृद्धबृद्धाहरुको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए।

भीमफेदीको विभिन्न वडामा रहेका आँखाका बिरामीको समस्यालाई ध्यानमा राखेर हेटौंडा सामुदायिक आँखा अस्पतालसंग गाउँपालिकाको सहकार्यमा शिविर संचालन गरि २५३ जनाको आँखा परिक्षण गरिएको थियो । त्यस मध्यमा ४३ जनाको शल्यक्रिया गर्नु पर्ने भएकोले गाँउपालिकाको व्यबस्थापनमा हेटौडा सामुदायिक आँखा अस्पताल ल्याउने लाने व्यबस्था मिलाई शल्यक्रिया सम्पन्न भएको अध्यक्ष लामाले बताए ।

आँखा परिक्षणमा भीमफेदी गाँउपालिका स्वास्थ्य शाखा र सामुदायिक आँखा अस्पताल हेटौडाका स्वास्थ्यकर्मीहरुले उपचारमा सहयोग गरेका थिए ।