प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मनहरीमा "एक दिने नि:शुल्क आँखा शिविर" सम्पन्न

२०७९ भाद्र २६, आईतबार ०१:४० बजे

मकवानपुर - बस्तीपुर जेसिज हाडिखोलाको आयोजना, हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र मनहरी गाउँपालिका- ४ को समन्वयमा भाद्र २५ गतेका दिन " एक दिने निःशुल्क आँखा जाँच शिविर" कार्यक्रम सम्पन्न गरेको छ ।

 

मनहरी गाउँपालिका- ४ का अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता, पशुपति मा.बी मनहरी ४ का प्रधानाध्यापक भानुभक्त आचार्यको विशिष्ट आतिथ्यता सहित विभिन्न स्थानीय सङ्घ संस्थाको प्रतिनिधिहरूको आतिथ्यता र जेसी अमृत पाठकको संयोजकत्वमा मनहरी-४ को पशुपतिनाथ मा.बि मा निःशुल्क आँखा जाँच शिविर" कार्यक्रम सम्पन्न भएको हो ।

शिविरको समुद्घाटन प्रमुख अतिथि वडाध्यक्ष थापाले ब्यानर बाचन गर्दै सुरु गरेका थिए । वडाको बनकरिया बस्ति र वडा न. ३ को पश्चिमी भेगलाई लक्षित गरि आयोजना गरिएको शिविरमा १८४ जनाले आफ्नो आँखा परीक्षण गराएको बस्तीपुर जेसिजले जनाएको छ । परीक्षण गराएकामध्ये २० जनामा मोतिया बिन्दु देखिए र उनीहरूको निःशुल्क अप्रेसन सोमबार हेटौँडा सामुदायिक आँखा अस्पतालमा हुने अस्पतालका शिविर संयोजक सुशील सिंहले बताए ।

उक्त कार्यक्रमको सभापतित्व बस्तीपुर जेसिज हाडिखोला बर्ष २०२२ का अध्यक्ष जेसी तेज प्रसाद उप्रेती(रमेश)ले गरेका थिए ।