हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघले वीरगंज उद्योग वाणिज्य संघको टोलीलाई शनिबार हेटौंडामा स्वागत गरेको छ । उवासंघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी टोलीलाई हेटौंडामा स्वागत गरिएको हो ।
उवासंघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ताले जिल्लाको औद्योगिक तथा पर्यटकीय सम्भावना, उद्योगी÷व्यवसायीका समस्याहरु र संघको गतिविधिको बारेमा चर्चा गरेका थिए ।
उवासंघ वीरगंजका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले उवासंघ मकवानपुर र वीरगंज मिलेर संयुक्त परियोजना संचालन गर्न सकिने बताए । वि.सं. २००१ सालमा स्थापना भएको वीरगंज उवासंघले औद्योगिक करिडोरमा सिसिटिभीको लागि पहल अघि बढाएको उनले बताए । ५० प्रतिशतभन्दा बढी रेभिन्यु वीरगंजले राज्यलाई दिएको र जिल्लाबाट राष्ट्रिय मुद्दाहरु उठान गरी महासंघलाई शक्ति प्रदान गर्नुपर्ने उनको भनाई थियो ।
पाँच करोड भन्दा माथिको कारोवारमा मात्र भिसिटियस लगाउनु पर्ने माग राख्दै अध्यक्ष डा. गुप्ताले राष्ट्र बैंकले नै. ५ प्रतिशतमा दिइरहेको कर्जा ७ प्रतिशत पु¥याएको कार्य सहि नभएको आरोप लगाए । बैंक व्याज सिंगल डिटिजमा हुनुपर्ने,क्रेडिट ऐन ल्याएर व्यवसायीको उधारो कारोवार व्यवस्थित गरिनुपर्ने, तरलता अभाव हुन नदिन राज्यले कम्तिमा ७०–८० प्रतिशत पुजीगत खर्च अनिवार्य गर्नुपर्ने उनको माग थियो । उवासंघ मकवानपुरका व्यवसायिक समस्याहरु समाधानको लागि वीरगंज उवासंघले पनि पहल गर्ने उनले बताए ।
कार्यक्रममा बैंकले आफूखुशी व्याज बढाउने, अघोषित लोडसेडि· जस्ता विषय जटिल बनिरहेको चर्चा गरिएको थियो । वीरगंज उवासंघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, मउवासंघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु अधिकारी र सहकोषाध्यक्ष निलम पाण्डेले कार्यक्रममा मन्तव्य राखेका थिए । यसैबीच मकवानपुर उद्योग वाणिज्य संघ र वीरगंज उद्योग वाणिज्य संघबीच आपसी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।
उवासंघ वीरगंजका अध्यक्ष डा. गुप्ताको नेतृत्वमा टोली हेटौंडा आएको थियो । टोलीमा उवासंघ वीरगंजका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सदस्यहरु रविन्द्र वर्णवाल, मनोज शर्मा, सुरेशकुमार रुंगटा, अंकित खेतान, प्रमोदकुमार चौरसिया, कार्यकारी सचिव सुनिलकुमार कण्ठ र अधिकृत खड्ग रावलको सहभागिता रहेको थियो ।
कार्यक्रममा उवासंघ मकवानपुरका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु अधिकारी, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की, श्रीकृष्ण कर्माचार्य, सहकोषाध्यक्ष निलम पाण्डे, सदस्यहरु कुल प्रसाद चौलागाई, अनिल भक्त श्रेष्ठ, नेत्र प्रसाद खतिवडा, विकेशलाल श्रेष्ठ र विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेको सहभागिता रहेको थियो ।