प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका भोम्जन र क्षेत्री प्रहरीको फन्दामा

२०८१ पौष ७, आईतबार २०:१९ बजे

हेटौंडा – मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टमा ८ ग्राम ५५० मिलिग्राम लागूऔषध खैरो हेरोइन  पदार्थसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सवारी साधनहरूको नियमित चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३५ प ५८११ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–०१ का २७ वर्षीय सनिप भोम्जन र सोही मोटरसाइकलमा पछाडि सवार उपमहानगरपालिका–०२ का २१ वर्षीय विशाल क्षेत्रीलाई शंका लागी शरीर र मोटरसाइकलको खानतलासी गर्दा मोटरसाइकलको साइड लाइट बत्तीभित्र लुकाइएको अवस्थामा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरी सम्मानित मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।