प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खानेपानी तथा सरसफाई डिभिजनका इन्जिनियर र पलम्बर २८ लाख घुस लिँदा लिँदै पक्राउ

२०७९ कार्तिक २, बुधबार ०९:२२ बजे

हेटौंडा – सेवाग्राहीसँग घुस रकम लिँदा लिँदै खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त कार्यालयका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् ।

खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा इन्जिनियर सत्याल र पलम्बर थापालाई १६ लाख नगद र १२ चेक सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाट आज(बुधबार) नियन्त्रणमा लिईएको प्रवक्ता भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।