प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रिक्साको ठक्करबाट काफ्लेको मृत्यु

२०७९ फाल्गुन २८, आईतबार १४:०४ बजे

हेटौंडा – सुनसरीको ईटहरी उपमहानगरपालिका–२ मा आज रिक्साको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६८ वर्षिया पुण्यमाया काफ्ले रहेकी छिन् ।

प्रहरीका अनुसार घाइते भएकी काफ्लेको उपचारको क्रममा विराटनगर बिराट नर्सिङ होममा मृत्यु भएको हो । को १ ह ५६०३ नम्बरको रिक्साले पैदलयात्री काफ्लेलाई आज बिहान ११ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न रिक्सा सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।