प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

सरकारले खेलकुद मन्त्रालयको बजेट घटायो

२०७९ जेठ १५, आईतबार १२:२० बजे

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० मा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा पेश बजेटमा चालुआर्थिक बर्षको तुलनामा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको हो ।

अर्थमन्त्री शर्माले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

त्यस्तै सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने खेल पूर्वाधारमा ८७ करोड रुपैयाँ बजेटको विनियोजन गरेको छ ।