प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा डुबेर एक बालकको ज्यान गयो

२०७९ आश्विन ३, सोमबार १४:२४ बजे

हेटौंडा – मकवानपुर बकैया गाउँपालिका–४ बाममारा स्थित ल्वाजोर खोलामा नुहाउने डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–१६ फुर्तिचोक बस्ने कृष्ण बहादुर थापाको छोरा १६ वर्षीय सचिन थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सोमबार दिउँसो मामाघर नजिकैको ल्वाजोर खोलामा नुहाउन गएका थापा डुबेर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको उनले बताए ।