प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अभिनेता पल शाहले पाए सफाइ

२०७९ माघ ३, मंगलबार १२:५१ बजे

काठमाडौं – जिल्ला अदालत तनहुँले नाबालिकलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।

बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको सञ्चारमाध्यमा समाचार प्रकाशित छ । उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो । 

बाल यौन दुरुपयोग आरोपमा शाहलाई २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो ।