देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। यसैक्रममा शनिबार काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौं उपत्यकामा शुक्रबारभन्दा न्यूनतम र अधिकतम दुवै तापक्रम घटेका छन्।
आज उपत्यकामा न्यूनतम ९.३ र अधिकतम तापक्रम २०.८ डिग्री सेल्सियस छन्। शुक्रबार यहाँ न्यूनतम ९.४ र अधिकतम २१.२ डिग्री सेल्सियस थिए।
काठमाडौं उपत्यकासँगै देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।