प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी दुर्घटनामा वाग्लेको मृत्यु

२०८० जेठ २४, बुधबार १३:५१ बजे

हेटौंडा – धनुषाको मिथिला नगरपालिका ६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको रत्ननगर नगरपालिका १२ का २८ वर्षीय प्रशान्त वाग्ले रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका वाग्लेको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । प्रदेश २(०२(००३ प २८७१ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले जनाएको छ ।