प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विमानस्थलबाट १४ किलो अवैध सुन बरामद, चन्द्र र मीनबहादुर पक्राउ

२०८० मंसिर २२, शुक्रबार ०८:२१ बजे

काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाका चन्द्र बहादुर घले रहेका छन् ।

बिहीबार राति फ्लाइ दुबईको फ्लाइटबाट आएका घलेलाई भन्सारको टोलीले पक्राउ गरेको हो । उनको साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको थियो ।

 

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

सञ्चारमाध्यमहरुका चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।