हेटौंडा – “सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं” भन्ने नारा सहित हेटौंडामा ११औं सडक खाना महोत्सव आयोजना हुने भएको छ। होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा महोत्सव आगामी पुष १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुन लागेको हो ।
महोत्सवबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक तथा निवर्तमान अध्यक्ष शंखरलाल श्रेष्ठले महोत्सव हेटौंडा–४ स्थित हुप्राचौरको खेल मैदानदेखि पूर्वपट्टिको उत्तर–दक्षिण सडक क्षेत्रमा हुने जानकारी दिए।
आयोजकको अनुमान अनुसार चार दिन हुने महोत्सवमा करिब ५० वटा खानाका स्टल रहनेछन्। जहाँ ३० देखि ४० हजार दर्शकको सहभागिता हुने र ६० देखि ७० लाख रुपैयाँको कारोबार हुने आयोजनाको अनुमान छ । महोत्सवमा स्थानीय कलाकारहरूको नृत्य, गायन र ब्यान्ड प्रस्तुति पनि रहने आयोजनकले छ।
होटल एसोसिएसन अफ मकवानपुरले विगत १० वर्षदेखि यो सडक खाना महोत्सव आयोजना गर्दै आएको छ, जसले हेटौंडाको सांस्कृतिक, पर्यटन र आर्थिक गतिविधिमा योगदान पु¥याउँदै आएको आयोजकको दाबी छ।
महोत्सवमा सहभागी जनाउका लागि खानाका पारखीहरूलाई आयोजकले निमान्त्रणा समेत गरेको छ ।