प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा नक्कली पेस्तोल देखाएर धम्की दिने स्याङ्तान पक्राउ

२०८० कार्तिक १७, शुक्रबार १८:०१ बजे

हेटौंडा – हेटौंडामा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानी बस्ने १९ बर्षीय साजन स्याङतानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार साजनले शिखरपानी क्षेत्रमा प्यास्टिकको नक्कली पेस्तोल देखाएर धम्की दिएका हुन् । उनलाई पेस्तोल सहित नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको भण्डारीले बताए ।