काठमाडौं – आफ्नै ज्यान आगो लगाएर आत्मदाहा गरेका प्रेमप्रसाद आचार्यको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै युवाहरुको समूहले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । आचार्यले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर आफ्नै ज्यान पेट्रोल खन्याएर आगो लगाएका थिए ।
प्रदर्शनमा सहभागी युवाले देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, गरिखान देउ, प्रेमप्रसादको आत्महत्या होइन हत्या हो ?, यो देश हो की बंधशाला ? जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।