प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हावाहुरीसहितको बर्षाका कारण घर भत्किदा खत्रीको मृत्यु

२०८१ जेठ २१, सोमबार ०८:३९ बजे

काठमाडौँ – घोराहीको दाङमा हावाहुरीसहितको बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा १२ रझेनी निवासी ७० बर्षीय भगवान खत्री रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ करिव ८ बजेतिर हावाहुरीसहित आएको बर्षाका कारण भत्किदा खत्रीको मृत्यु भएको हो ।