हेटौंडा – बागमती प्रदेशसभा सचिवालयमा आज दिउँसो ३ बजे उपसभामुखको चुनाव हुने भएको छ । प्रदेशसभाका उसभामुखमा सत्ता गठबन्धनबाट एक जना, कांग्रेस र नेपाल मजदुर किसान पार्टीका दुई जनाले उपसभामुखमा उम्मेदवारी दिएका हुन् । तीन जनाका बीचमा उपसभामुखमा प्रतिस्पर्धा हुने भएको हो ।
उपसभामुखमा पनि सत्तारुढ दलहरुको बहुमत पुग्छ । उपसभामुखमा सत्ता साझेदार दलकै उम्मेदवार एमालेकी चापागाईं विजयी हुने निश्चित छ । यसअघि सभामुखमा सत्तारुढ दलबाट राप्रपाका भुवन पाठक चयन भएका थिए ।
प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य छन् ।प्रदेश सभामा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । यसैगरी, कांग्रेसको ३७ र नेमकिपाको तीन जना प्रदेश सभा सदस्य छन् ।