प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

तिरुपति बालाजी दिव्यधाम मकवानपुरको साधारणसभा सम्पन्न, न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन

२०८० पौष १४, शनिबार १९:५८ बजे

हेटौंडा – श्री तिरुपति बालाजी दिव्य धाम मकवानपुरको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको दिव्य धामको साधारणसभाले प्रकास न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा हयग्रीव आचार्य, द्वतिय बिमला देवी सापकोटा, सचिवमा यदुनाथ सुवेदी, कोषाध्यक्षमा अंकिता सुमार्गी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डा. कृष्ण प्रसाद धिताल, रामजी सापकोटा, राम प्रसाद घिमिरे, रमेस घिमिरे, वासुदेव तिमल्सिना, मन्दिरा फुयाल चुनिएका छन् ।

संस्थाका अध्यक्ष प्रकास न्यौपानेको अध्यक्षता भएको साधारणसभा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रप्रन्न गौतम, श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय सदस्य टिकाराम कडेल, विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सदस्य फुलनाथ निउरे, आचार्यगण एवं मठाधिश स्वामीजीहरू, वैष्णव परिषद् एवं महिला परिषदका जिल्ला अध्यक्षहरू, साधारण एवं आजीवन सदस्यहरू र भक्तजनहरूको उपस्थितिमा रहेको थियो ।

साधारणसभाको अवसरमा संस्थालाई मन्दिर निर्माणार्थ जमिन दान गर्ने जग्गादाता माधवी न्यौपाने ,आर्थीक सहयोग गर्ने, पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने विभिन्न ब्यत्तीहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।