हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा दुई `हेभिवेट´ उम्मेदवारको गठबन्धनलाई भत्काउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह विजयी भएका छन् ।
उनले नेकपा एमालेका कमल थापा र नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)लाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
थापा र डीना हेभिवेट उम्मेदवार हुन् । थापा राप्रपा नेपालका अध्यक्ष हुन् भने डिना कांग्रेसकी सहमहामन्त्री । राप्रपाको केन्दीय सदस्य समेत रहेका सिंहको स्थानीयस्तरमा राम्रो प्रभाव थियो । जुन गत बैशाखमा सम्पन्न स्थानीय तह हेटौंडा उपमहानगरको मेयर चुनाव लड्दा देखिएको थियो ।
थापालाई चुनाव जिताउन एमालेले सबथोक सुम्पेको थियो । उता डीनालाई नेकपा माओवादी र एकीकृत समाजवादीको साथ छ । तर, एकलै चुनावमा होमिएका सिंहले एक्लै चुनाव सफल भए ।
मुख्य निर्वाचन अधिकृत कार्यालयम मकवानपुरका अनुसार ९१ हजार १४४ मध्ये थापाले २७ हजार ८१६ मत सहित विजयी भए । उनले आफ्नो प्रतिस्पर्धी डिनालाई २ हजार ३८२ मतले पराजित गरेका हुन ।डिनाले २५ हजार ४३४ मत प्राप्त गर्दा एमालेका थापाले २५ हजार ४२० मत ल्याए ।
इतिहासलाई कोट्याउँदा चार पटक चुनावमा पराजित भएका सिह पाँचौ पटकमा चुनाव जित्न सफल भएको छन् । यो उनको पहिलो जित हो । यसअघि २०५४, २०५६, २०७० र २०७९ सालमा चुनावमा पराजित भएका थिए । गएको स्थानीय निर्वाचनमा सिह हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।