हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ मा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–६ नयाँवस्ती बस्ने मोटरसाइकल चालक २६ वर्षीय अमिर लामा रहेका छन् ।
मनहरी–८ देवकोट स्थितभित्री सडकखण्डमा देवकोटबाट मनहरीतर्फ आउदै गरेको ना.६९प ३११६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । घाइतेको दाहिने खुट्टामा चोट लागेको र उनको उपचारको लागि भरतपुरतर्फ पठाईएको कार्कीले बताए ।