प्रहर खबर
 २०७९ माघ १९, बिहीबार    

बागमती प्रदेशमा टुङ्गियो मन्त्रीको नाम, मकवानपुरका श्रेष्ठ र मोक्तान मन्त्री (नामसहित)

२०७९ माघ ११, बुधबार १२:४६ बजे

हेटौंडा – मकवानपुरका दुई जना प्रदेश सांसद मन्त्री बन्ने भएका छन् । नेकपा एमालेबाट सांसद एकालाल श्रेष्ठ र माओवादी केन्द्रबाट कुमारी मोक्तान मन्त्री बन्ने भएका हुन् ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्री बन्ने भएका हुन् । उनी मकवानपुर क्षेत्र नम्बर–१ को (१) बाट विजयी भएका थिए ।

माओवादी केन्द्रलेकी नेतृ समेत रहेकी कुमारी मोक्तानले पुनः सामजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । उनी यसअघि राजेन्द्र बहादुर पाण्डे नेतृत्वको सरकारमा सामजिक विकास मन्त्री थिइन् । उनी मकवानपुर क्षेत्र नम्बर–२ को (१) बाट निर्वाचित भएकी थिइन् ।

बागमती प्रदेशमा सत्ता गठबन्धनभित्रको सहमति अनुसार एमाले र माओवादीले समान चार/चार र राप्रपाले तीन मन्त्रालय पाउनेछ ।प्राप्त जानकारी अनुसार सत्तागठबन्धनका एमाले, माओवादी र राप्रपाले मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

एमालेबाट श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्री बन्दा रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशब पोख्रेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएको छन् । एमालेबाट यसअघि जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भैइसकेका छन् ।

त्यस्तै माओवादीबाट मोक्तान सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउँदा युवराज दुलालले भौतिक मन्त्रालय र गंगानारायण श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय सम्भाल्ने बताईएको छ ।यसअघि माओवादीकै शालिकराम जमरकट्टेल मुख्यमन्त्री भइसकेका छन् ।

यसैगरी राप्रपालेउद्धब थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु विष्ट वन तथा वातावरण मन्त्रालय पाउने पक्का भएको स्रोतले बतायो ।

नयाँ मन्त्रीहरुको शपथ दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने बताइएको छ ।