धनगढी – कैलालीमा बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको छ।शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको हो।
वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। अस्पतालमा पुर्याउँदा डाक्टर मृत घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सांकेतिक तस्वीर