हेटौंडा – छोराले रडले हानेर आफ्नै बाबुको हत्या गरेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ शिखरडाँडाका ३२ वर्षिय दावा घिसिङले ७२ वर्षीय बाबु बुद्धिमान घिसिङको रडले टाउकोमा हानेर हत्या गरेका हुन्।
बुधबार राती दावाले आफ्नै बाबुको फलामको रडले टाउकोमा प्रहार गरि हत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बाबुको हत्या गरी फरार भएका दावालाई विहीबार दिउँसो इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले पक्राउ गरेको छ ।
बाग्मती नगरपालिका–११ र चन्द्रनिगाहापुर नगरपालिका १ रौतहटको सिमानामा पर्ने नुनथर ड्यामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।