प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

डेंगीबाट पत्रकार रानाको निधन

२०७९ कार्तिक ९, बुधबार ०३:३९ बजे

रूपन्देही – डेंगु लागेर उपचाररत पत्रकार टेक मास्की रानाको उपचारका क्रममा निधन भएको छ । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको हो ।

स्याङ्गजा स्थायी घर भएका राना डेंगु लागेर तीन सातायता उपचाररत थिए। उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो । रानालाई डेंगीसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

केही वर्ष रअघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा २ छोरी छन् ।