काठमाडौं – मोरङको उर्लाबारीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपरान्ह पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०/४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७र२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।