प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० चैत्र ६, मंगलबार २०:५६ बजे

हेटौंडा - सप्तरीको कंचनरुप नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीय शिवदत्त चौधरी रहेका छन् ।

प्रदेश १–०२–०४८ प ४६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।