प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आज शनिबार घम्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मौसम

२०८० आश्विन १३, शनिबार ०८:२८ बजे

हेटौंडा – आज आश्विन १३ शनिबार । शनिबार प्राय सरकारी तथा निजी संगसंस्थाहरु बन्द रहन्छन् । कामदार तथा कर्मचारीदेखि अधिकांश मानिसहरु भुर्सदमा हुन्छन् । यो समयमा हप्तादिनको काम थकान मेटाउन घुम्न जाने गर्छन् । भौगोलिक बनावट अनुसार प्रकृतिको सुन्दरता फरक फरक हुने भएकोले घुम्न जाँदा मौसमले पनि प्रभाव पर्छ । हेर्नुहोस यस्तो आजको मौसम पूर्वानुमान :–

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो ।

आगामी ३ / ४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।