काठमाडौं – संखुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा बारीको काँक्रो टिपेको विषयमा विवाद हुँदा एक जना पुरूषको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठका अनुसार शनिबार दिउँसो सवा १२ बजे खुकुरी प्रहारबाट ध्वजे बस्ने ४५ वर्षीय भिमबहादुर गुरूङको हत्या भएको हो ।
उनले बारीमा काँक्रो टिपेको भन्दै दुर्गामाया गुरूङसँग विवाद भएको थियो। विवादपछि दुर्गामायाले खुकुरी प्रहार गर्दा भिमबहादुरको मृत्यु भएको हो। भिमबहादुरको टाउको र खुट्टामा पटकपटक खुकुरी प्रहार भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाबारे सूचना पाएपछि डिएसपी दक्षकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले दुर्गामायालाई पक्राउ गरेको हो।