प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खुर्पा प्रहार गरी ७२ वर्षीया वृद्धाको हत्या, एक जना पक्राउ

२०८० आश्विन १३, शनिबार १९:१८ बजे

हेटौंडा – धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा धादिङबाट एक जना पक्राउ गरेका छन् । नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको थियो । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको गरेको थियो ।

अनुसन्धान क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।