प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाग्मती प्रदेशसभाको बैठक शनिबार बस्ने

२०८० भाद्र २९, शुक्रबार १५:१५ बजे

हेटौंडा – बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ बजे बस्नेगरी सारिएको हो।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची छ । प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगित गरिएको थियो।