काठमाडौं – नेकपा एकीकृत समाजवादी युवा संघको केन्द्रीय सचिवालय सदस्यमाथि अज्ञात समूहद्वारा आक्रमण गरेको छ।
रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भइ हाल तनहुँको आबुखैरेनीमा बस्दै आएका सचिवालय सदस्य मगरमाथि तीन/चार जनाको समूहले आक्रमण गरेको हो।
कसले र किन आक्रमण गर्यो भन्नेबारे केही अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। आबुखैरनीमा शुक्रबार बेलुका साढे ७ बजेतिर बाटोमा हिँडिरहेका बेला उनीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।