हेटौंडा – बाराको कलैया उपमहानगरपालिका १२ धर्मनगरमा गएराती मोटरसाइकल पुलको रेलिङमा ठोकिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका २० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अंसारी रहेका छन् ।
घाइतेहरुको बिरगञ्ज स्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । गएराती ९ बजे मटिअर्बाबाट बिरगञ्जतर्फ जाँदै गरेको ना १२ प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको रेलिङमा ठोकिएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।