प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

देशका धेरै ठाउँमा दिउँसो घाम, राति वर्षा

२०८२ असार ८, आईतबार १०:४१ बजे

काठमाण्डौ । देशका धेरैजसो ठाउँमा केही दिनदेखि दिउँसो घाम लाग्ने र राति पानी पर्ने भइरहेको छ । आज र भोलि पनि धेरै ठाउँमा दिउँसो घाम लाग्ने र राति पानी पर्ने क्रम दोहोरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति देशका सबैजसो प्रदेशमा पानी पर्नेछ । दिउँसोकोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा तथा राति कोशी, मधेस, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।