प्रहर खबर
 २०७९ आश्विन २१, शुक्रबार    

चार वर्षीया बालिका अपहरण गरी २० लाख फिरौती माग, एक युवक पक्राउ

२०७९ असार २५, शनिबार १८:२७ बजे

हेटौंडा – रौतहटमा चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका–७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ आफ्नै घर बाहिर खेलिरहेकी एक बालिकालाई अपहरण गरी बालिकाका पितालाई फोन गरेर बीस लाख रुपैयाँ लिएर राजपुर नगरपालिकाको ईद्रिश गेटमा आउन र कसैलाई जानकारी गराएमा बालिका ज्यान मारी फालिदिने धम्की दिइएको कुरा प्रहरीले थाहा पाएपछि प्रहरीले खोजतलासमा जुटेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका–१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको हो। उक्त कार्यमा संलग्न हुसैनलाई घटनामा प्रयोग गरेको बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी उपर अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत रौतहटबाट ५ दिन म्याद थप अनुमती लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।