प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उपचारका लागि आएकी महिला मेडिकलमै बलात्कृत, सञ्चालक महरा पक्राउ

२०८० असार १२, मंगलबार ०९:०८ बजे

हेटौंडा – कञ्चनपुरमा उपचारका लागि आएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

क्राउ पर्नेमा भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरा रहेका छन्। उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।