प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हतियासहित तीन लुटेरा पक्राउ

२०७९ पौष १६, शनिबार १५:१७ बजे

हेटौंडा – प्रहरीले हतियासहित तीन भारतीय लुटेरा पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको प्रहरीको दाबी छ । पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।