हेटौंडा – महोत्तरीको जलेश्वर नगरपालिका–२ जिरोमाईलमा आज कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ६३ वर्षिया महिला रहेका छन् । मृतकको सनाखत हुन भने बाँकी रहेको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जलेश्वरमा मृत्यु भएको हो । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बरको कारले आज दिउँसो १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
कार सहित चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।