प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सामुदायिक वनमा मानव कंकाल फेला

२०८० भाद्र ८, शुक्रबार १३:१७ बजे

कृष्णनगर (कपिलवस्तु) – कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए।

उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए। वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।