प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भीरमा फालेर ६ वर्षीय छोराको हत्या

२०८१ आश्विन ३०, बुधबार १८:३७ बजे

ढोरपाटन – ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा ‍फालेर हत्या गरेका छन् ।

अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो।