प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

माइक्रो बस ट्रकसंग ठोक्किँदा एक जनाको मृत्यु, ११ जना घाइते

२०७९ मंसिर २२, बिहीबार १०:४३ बजे

हेटौंडा – तनुहँमा माइक्रो बस ट्रकसंग ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।जिल्लाको आँबुखैरनी गाउँपालिका २ मार्की चोकमा डुम्रेतर्फ जाँदै गरेको बा ३ ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ ख २४ ७८ नम्बरको ट्रकको पछाडी आज बिहान पौने ९ बजे ठोकिएको थियो ।

उक्त माइक्रो बस विपरित दिशाबाट आउँदै गरेका अन्य २ ओटा माइक्रो बसमा समेत ठोकिन पुगेको थियो । मृत्यु हुनेमा माइक्रो बसमा सवार स्याङ्जाको हरिनास गाउँपालिका २ की ५५ वर्षीया लालु माया थापा रहेकी छिन् ।

घाइते मध्ये तनहुँकै शुक्लागण्डकी नगरपालिका ६ की ५६ वर्षीया ज्योति थापा र ५७ वर्षीय दिल बहादुर थापाको उपचार चितवनकै कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ९ जनाको उपचार भने आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले छ ।