प्रहर खबर
 २०८० आश्विन १४, आईतबार    

मकवानपुरमा पहिरोले पुरिदा एक जनाको मृत्यु

२०७९ आश्विन २०, बिहीबार १०:२१ बजे

हेटौंडा – मकवानपुरको राक्सीराङ गाउँपालिका–६ मागेनीमा पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय तोक बहादुर चेपाङ रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रहरीका अनुसार लगातार परेको बर्षासँगै आएको पहिरोले घर बगाउँदा प्रजाको मृत्यु भएको हो । बर्षाका कारण सडकअवरुद्ध भएको घटनास्थालमा पुग्न नसकिएको र उद्धारमा समस्या भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।