हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.२ मा बुधबार करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३८ बर्षीय सन्त बहादुर थिङ रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घर नजिकै रहेको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा थिङलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।