प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कान्ति लोकपथ अझै अवरुद्ध

२०८० श्रावण २९, सोमबार ०४:४७ बजे

हेटौंडा – पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अझै अवरुद्ध रहेका छन् भने भीमफेदी–कुलेखानी–सिस्नेरी सञ्चालनमा आएको छ ।

कान्ति लोकपथ अन्तर्गतमा बागमती गाउँपालिका–३ टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको थियो । जसमा पाङ्दुर खोलामा खसेको पहिरो हटाउन नसकिएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो । सो स्थानमा वर्षा रोकिएको र पहिरो पन्छाउने काम भइरहेको र वर्षा नभएको खण्डमा करिब २ घण्टामा सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

को पहिरो आइतबार साँझ नै पन्छाइएको थियो भने पाङ्दुर खोलामा पहिरो हटाउन सकिएको थिएन । सो स्थानमा अहिले पनि वर्षा रोकिएको र पहिरो पन्छाउने काम भइरहेको छ ।

शनिबारदेखि परेको अविरल वर्षाका कारण आइतबार बिहान खसेको खसेको पहिरोले भीमफेदी–कुलेखानी–सिस्नेरी अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ मा, भैंसे–पालुङ–नौबिसे अन्तर्गत भीमफेदी गाउँपालिका–९ लामिडाँडा र भैसे–भीमफेदी–कुलेखानी खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–२ र ९ मा पहिरो खसेको थियो ।

उक्त स्थानमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।