प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका एक वडाध्यक्षमाथि हातपात

२०८० फाल्गुन १४, सोमबार २१:१७ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष युवराज थपलियामाथि हातपात भएको छ । सोही वडा बस्ने भुल्चोक निवासी ३२ बर्षीय मान बहादुर वाईबाले हातपात गरेको बताईएको छ ।

साँझको समयमा वडा अध्यक्ष जोगितालस्थित आफ्नै तरकारी बारिमा जादा उनी माथी हातपात भएको हो । हातपात गरेको आरोपमा वाईबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले बताए ।

आफ्नो खेत खोलाले बगाउँदा समेत सुरक्षाको कुनै उपाय नअपनाईएको भन्दै उनी माथी हातपात भएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।