प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको थानाभर्‍याङबाट एक जना पक्राउ

२०८० असार २४, आईतबार ०२:४२ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही, कौडेना गाउँपालिका–१ बस्ने अन्दाजी ३५ वर्षीय कौशल शाह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले पैदल हिडिरहेका कौशललाई शंका लागेर चेकजाँच उनको साथबाट ५ किलोग्राम लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।