हेटौंडा – धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नुवाकोट तादी गाउँपालिका–५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएका थिए । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खरानिटारबाट खटिएको प्रहरीले धारिलो हतियार प्रहार गर्ने शम्भुलाई हसियाँ सहित पक्राउ गरेको हो ।
साथै घाइतेलाई उपचारका लागि खरानिटार अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा बुधबार साँझ दुर्गाको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।