प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फिफा विश्वकपः आज पनि चार खेल हुँदै

२०७९ मंसिर १५, बिहीबार ०५:२४ बजे

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार पनि चार खेल हुँदैछ ।

समूह ‘ई’ र समूह ‘एफ’ का दुई–दुई खेल हुन लागेको हो । समूह एफमा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ ।

यस्तै समूह ईमा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति पौने १ मा सुरु हुनेछ । यी चार खेलबाट समूह ई र एफबाट अन्तिम १६ मा पुग्ने २्२ राष्ट्रको टुंगो लाग्नेछ ।