काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिसँग नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि सम्झौता भएको छ ।
मंगलबार एन्फाका महासचिव किरण राई र नेपाल नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौतामा हस्ताक्षर गरे । आठ वर्षका लागि सम्झौतामा हस्ताक्षर भएको एन्फाले जनाएको छ ।
सम्झौता अनुसार नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले एन्फालाई एनएसएलका लागि १७ करोड २० लाख रुपैयाँ भुक्तानी गर्नेछ । अध्यक्ष चौधरीले एनएसएलको पहिलो सिजनका लागि १ करोड ५० लाख रुपैयाँको चेक महासचिव राईलाई हस्तान्तरण गरे ।