प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यूएईविरुद्ध नेपालको खराब सुरुआत, नेपालको तेस्रो विकेट पतन

२०७९ फाल्गुन १८, बिहीबार ०६:११ बजे

काठमाडौं – नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

यूएईविरुद्धको खेलमा नेपालले खराब सुरुआत गरेको छ । १२ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाएर ४० रन बनाएको छ ।

नेपालका ओपनर दीपक बोहोरा, अर्का ओपनर अर्जुन कुमाल र आकाश त्रिपाटी आउट भएका छन् ।

बोहोरा ईनिङको पहिलो बलमा नै आउट हुँदा अर्का ओपनर कुमाल ३ र आकाश त्रिपाटी ९ रनमा आउट भएका छ ।

खेल जित्न सके नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्ने पाउनेछ। नेपालले यसअघि २०१६ मा यू-१९ विश्वकप खेलेको थियो। अंक तालिकमा समान ८ अंक भएपनि नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा छ।

यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो ।