प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश खेलकुद: भलिबलमा स्वर्णका लागि धादिङ र चितवन भिड्ने

२०८० जेठ ११, बिहीबार ०१:३७ बजे

हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष भलिबलमा स्वर्ण पदकका लागि धादिङ र चितवन भिड्ने भएका छन् । हेटौंडा–४ स्थित हुप्राचौरमा बिहीबार बिहान ९ः०० बजे फाइनल हुनेछ ।

बुधबार भएको सेमिफाइनल खेलमा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरेको थियो।

महिलातर्फ काठमाडौं र दोलखाले उपाधि भिडन्त पक्का गरे । काठमाडौंले चितवनलाई २५–८ र २५–११ तथा दोलखाले धादिङलाई २५–२०, १९–२५ र १५–१३ ले हराए ।